शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चीनबाट तस्करी गरेर भित्र्याएको ३ किलो सुनसहित दोलखाबाट एकजना पक्राउ

चीनबाट तस्करी गरेर भित्र्याएको ३ किलो सुनसहित दोलखाबाट एकजना पक्राउ

 |  शुक्रबार, असोज १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

vianetvianet

काठमाडौं- चीनबाट तस्करी गरेर भित्राएको गरेको ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेमा केशव तामाङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

triton college

प्रहरीको प्रारम्भिक अनुसान्धाबाट चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान गरिएको छ। दोलखाबाटै चारकिलो सुनसहित बुधबार ५ जना पक्राउ परेका थिए। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याइएको ६० किलो सुन बरामद भएपछि तस्करहरुले सडक मार्ग गर्न थालेको बताइएको छ। 

सुरक्षा उपस्थिति नभएका उत्तरका नाकाबाट स्थानीय बासिन्दालाई संलग्न गराएर तस्करीको सुन नेपाल भित्र्याएको प्रहरीको अनुसन्धानले देखाएको छ। दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने चीनको रोङजिया नाका हुँदै भित्रिएको चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना पक्राउ गरेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो।

प्रहरीले बरामद सुनमा चिनियाँ नागरिक नै संलग्न रहेको बताए पनि परिचय खुलाएको छैन। उत्तरी नाकाबाट हुने आवागमन व्यवस्थापन र निगरानी गर्न न सरकारी संयन्त्र छ, न सरकारी प्रयास नै प्रभावकारी बन्न सकेको छ। त्यसको फाइदा उठाएर गिरोहले तस्करी धन्दा चलाउन थालेको बताइएको छ। 
 

प्रकाशित: Sep 29, 2023| 16:45 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्