शनिबार, मंसिर २३, २०८०

१९औं एसियाड

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।
 |  शुक्रबार, असोज १२, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

चीन (हानझाव)– चीनको हानझावमा भइरहेको १९औं एसियाडअन्तर्गत नेपाली टोली पिस एलिट एसिया गेम्स पब्जीमा सेमिफाइनल प्रवेश गरेको छ। आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।

sagarmatha cement

ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सनमा खेलाइने यो अन्य सामान्य खेलभन्दा फरक शैलीको हुने गर्छ। यस खेलमा सेमिफाइनलमा दुई समूहमा चार–चार वटा टिमले स्पर्धा गर्नेछन्। यो समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ भने प्यालेस्टाइन र साउदी समूह चरणबाटै बाहिरिएका छन्।

साहस भण्डारी, समिर गुरुङ, सुविनकुमार प्रजापति, दिपेश गुरुङ, संगीन भट्टराई सम्मिलित नेपाली टिम आज ५४ मिनेट ०४.८४२ सेकेन्डको टाइमिङ निकाल्दै समूह ‘सी’मा दोस्रो भएको हो। 

आज भएको एलिमिनेसन अन्तर्गत समूह ‘ए’बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह ‘बी’बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट इन्डोनेसिया र जापानले सेमिफाइनलमा स्थान सुरक्षित गरे। नेपाल सेमिफाइनलमा आफ्नो समूहमा शीर्ष दुई स्थानमा रहे फाइनल पुग्नेछ र त्यसमा शीर्ष तीनमा रहे पदक पक्का गर्नेछ।

प्रकाशित: Sep 29, 2023| 15:05 शुक्रबार, असोज १२, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्