आइतबार, वैशाख १३, २०८३

१९औं एसियाड

नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । 
 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

हाङझाव (चीन)– १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ। आज भएको ८० किलोमाथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए।

National life

उनी २–० अंकले पराजित भएका हुन्। यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो। तेक्वान्दोबाट ११ खेलाडी सहभागी भएका थिए। यसअघि ४९ किलो तौल समूहमा अन्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित भएका थिए।

सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन। त्यसअघि भने नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य प्राप्त गरेको थियो। 

ब्याडमिन्टनमा पुरुष टोलीको विजयी सुरुआत

१९औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालको पुरुष टोलीले विजयी सुरुआत गरेको छ। नेपालले मंगोलियालाई ३–१ सेटले पराजित गरेको हो। प्रिन्स दाहाल र सुनिल जोशीको जोडी विजयी हुँदै क्वाटर्रफाइनलमा प्रवेश गरेको छ। 

kumari

विष्णु कटुवाल र प्रिन्स दाहालको जोडी पुरुष डबल्समा पनि विजयी भएको छ। महिला टिम इभेन्टस्मा भने नेपाल माल्दिभ्ससित ३–१ सेटले पराजित भएको छ। महिला डबल्समा नेपालकी रसिला महर्जन र अनुमाया राईको जोडी पराजित भयो।–रासस

प्रकाशित: Sep 28, 2023| 16:36 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्