शनिबार, वैशाख २६, २०८३

आन्दोलनमा शिक्षक आमाहरू

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी शिक्षक, कर्मचारीलगायत काठमाडौंमा आन्दोलनमा आएका थिए। केही सरकारसँग माग पूरा भएपछि फर्किए भने केही माग पूरा नभएको भन्दै सडकमै छन्।
 |  बुधबार, असोज १०, २०८०

विजेता

विजेता

बुधबार, असोज १०, २०८०

काठमाडौं- सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले गत ३ देखि ६ असोजसम्म काठमाडौं केन्द्रित आन्दोलन गरेसँगै सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोलन टुंगिएको छ। तर, आन्दोलनमै काठमाडौं आएका राहत शिक्षकले भने महासंघले आफूहरुका मागलाई बेवास्ता गरेर सरकारसँग सम्झौता गरेको भन्दै आन्दोलनलाई जारी राखेका छन्।

National life

महासंघले विभिन्न १८ बुँदे माग राखेकामा सरकारसँग सहमति भए पनि राहत शिक्षकले भने आफूहरुका माग सम्बोधन अपूरो भएको भन्दै आन्दोलन जारी राखेका हुन्।

आन्दोलनमा थुप्रै आमा शिक्षकहरु काखे शिशुदेखि विद्यालय जाने उमेरका बालक बोकेर सडकमा बसिरहेका छन्। बानेश्वरको सडकपेटी तिनै बालक र आमा शिक्षकको थकाइ मार्ने थलो बनेको छ। उनीहरुका लागि न शौचालय सुविधा छ, न त आराम गर्ने ठाउँ।  

देशका ७७ वटै जिल्लाबाट भेला भएका राहत शिक्षकले आफ्नो माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताइरहेका छन्। 

सिन्धुपाल्चोकबाट सानो नानी बोकेर आन्दोलनमा आएकी रुकमाया तामाङ भन्छिन्, विधेयक ठीक नलागेर आन्दोलनमा आएका हौं। बच्चा बोक्दा त्यति गाह्रो भएको छैन। कक्षाकोठामा हुनुपर्ने हामी शिक्षकलाई आन्दोलन गर्न बाध्य बनाएर सरकार रमिता हेरिरहेको छ। उनी जुगल गाउँपालिकास्थित आधारभूत विद्यालयमा राहत शिक्षकका रुपमा प्रावि तह पढाउँछिन् ।

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी शिक्षक, कर्मचारीलगायत काठमाडौंमा आन्दोलनमा आएका थिए। केही सरकारसँग माग पूरा भएपछि फर्किए भने केही माग पूरा नभएको भन्दै सडकमै छन्।

Untitled-25466576-1695811981.jpg

Untitled367-2-1695811981.jpg

Untitled-2657778-1695812156.jpg

२-1695812471.jpg

प्रकाशित: Sep 27, 2023| 15:14 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्