बिहीबार, माघ २२, २०८२

एसियाड क्रिकेट

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।
 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

काठमाडौं– १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगोलियालाई २७३ रनले पराजित गरेर हालसम्मकै ठूलो जित निकालेको छ। 

National life

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।

नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो। नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो। 

बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे। कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। 

Laxmi sunrise bank

सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए।

दीपेन्द्रसिंह ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए। कुशल मल्लले ५० बलमा अविजित १३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए। 

मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा  आसिफ शेखले १७ बलमा १६ रन बनाए। 

कुशल मल्लले टी२०आई इतिहासमा सबैभन्दा छिटो शतक बनाए– ३४ बलमा। यस्तै, दीपेन्द्र सिंहले टी–२० को इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाए– ९ बलमा। नेपालले टी२०आई  इतिहासमा पहिलो पटक ३०० रन बनाएको छ। दीपेन्द्र सिंहले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका छन्। 

नेपाल टी२०आईमा ३०० प्लस रन बनाउने पहिलो टोली बनेको छ। नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ, जुन टी२०मा सबैभन्दा ठूलो रनको जित हो।

प्रकाशित: Sep 27, 2023| 14:14 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्