शुक्रबार, असार १३, २०८२

उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले राष्ट्रिय सभागृह अगाडि उभिएर महानगरको कार्यशैलीको विरोध गरिरहेका ईःअभियन्तालाई भेटेकी हुन्।
 |  मंगलबार, असोज ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

vianetvianet

काठमाडौं– काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले ईः अभियन्तालाई भेटेर स्वास्थ्यावस्था बुझेकी छन्।आज बिहान उपमेयर डंगोलले राष्ट्रिय सभागृह अगाडि उभिएर महानगरको कार्यशैलीको विरोध गरिरहेका ईःअभियन्तालाई भेटेकी हुन्।

सुरुमा फुटपाथ व्यापार हटाउनुपर्ने माग राखेका अभियन्ता ईः पछिल्लो समय उनै फुटपाथ व्यापारीलाई सडक दिनुपर्ने माग राखेर ८ दिनदेखि राष्ट्रिय सभागृहअगाडि उभिइरहेका छन्।

उपमेयर डंगोलले आज त्यहाँ पुगेर आफ्नो स्वास्थ्यबारे जानकारी लिएको ईःले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘८ दिन (१६५ घन्टा) उभिएपछि उपमेयर सुनिता डंगोल बाहिर आएर हाम्रा समस्याबारे चासो र चिन्ता देखाउनुभयो। मेरो सुस्वास्थ्यको कामना गर्दै उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो।’

मेयर बालेन शाहले सोमबार पटक–पटक वार्ता प्रयास भए पनि ईःवार्तामा आउन नचाहेको बताउँदै ईःराजनीतिक स्वार्थबाट परिचालित भएको आशय व्यक्त गरेका थिए।

प्रकाशित: Sep 26, 2023| 11:27 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्