मंगलबार, असार २४, २०८२

बालबालिका यौन जोखिममा पर्नुको मूल कारण इन्टरनेट

७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधि प्रयोग गरिरहेको पाइएको अध्ययनको निष्कर्ष।
 |  बिहीबार, भदौ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

vianetvianet

काठमाडौं– सूचना प्रविधि प्रयोगका कारण बालबालिका यौन दुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ। बाल आवाजले सार्वजनिक गरेको ‘अनलाइन बाल यौन दुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारण १८ वर्षमुनिका बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको जनाइएको हो।

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा महान्याधिवक्ता डा. दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभई मनोविज्ञान रुपमा असर पार्ने बताए।उनले पहिले शारीरिक यौन दुव्र्यवहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौ नदुव्र्यवहारले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताए। 

उनले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनबारे जनचेतना जगाउनु आवश्यक रहेको उनको भनाइ छ। महान्यायाधिवक्ता डा. पोखरेलले ‘साइबर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ती कुरा अध्ययनबाटै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोशेढुंगा हुने धारणा व्यक्त गरे। 

अध्ययनमा सूचना प्रविधि दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्नेजस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौन दुव्र्यवहारमा पर्ने गरेको जनाइएको छ।

कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौन दुव्र्यवहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताए। 

लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौन दुव्र्यवहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौन दुव्र्यवहार भएको भन्ने कुरा थाहा पाउन साधन–स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको जानकारी दिए। उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने उनको भनाइ छ।

बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्न अहिले वाइफाईमा ‘चाइन्ड सेभ मोड’ राखिएको जानकारी उनले दिए। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताए। 

कोशी र बागमती प्रदेशका ५१४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौन दुव्र्यवहारमा पार्नेजस्ता क्रियाकलाप गरिरहेको उल्लेख छ।

अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधि प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिए।

प्रकाशित: Aug 31, 2023| 10:51 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्