काठमाडौं– कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि गत २८ असारमा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।