मंगलबार, साउन १९, २०८३

'सफल' को पर्चासहित सिनामंगलमा बमजस्तो वस्तु फेला

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौंको सिनामंगलमा एक व्यक्तिले हस्तलिखित पर्चासहित बमजस्तो वस्तु राखेका छन्। मूल सडकसँगै रहेको बन्द पसलको सटरअगाडि शंकास्पद वस्तु फेला परेको हो।

प्रहरीका अनुसार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो। महानगरीय प्रहरी वृत्तको टोली त्यहाँ पुगेको छ र नेपाली सेनाको बम डिस्पोजल युनिटलाई पनि खबर गरिएको छ ।

खोटाङ हलेसी ज्वेलर्स नजिकै रहेको कालो टेपले बेरेको वस्तुमा रातो, कालो तार पनि देखिन्छ। बमसँगै एउटा पर्चा पनि छ, जसमा लेखिएको छ
खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरुलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो।

यहाँ बारुदको बम राखिएको छ। सावधान रहनुहोला।

संयोजक
सफल

 

प्रकाशित: Jul 19, 2023| 10:26 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्