NadaNada
बिहीबार, भदौ ५, २०८२

'सफल' को पर्चासहित सिनामंगलमा बमजस्तो वस्तु फेला

 |  बुधबार, साउन ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

vianetvianet

काठमाडौंको सिनामंगलमा एक व्यक्तिले हस्तलिखित पर्चासहित बमजस्तो वस्तु राखेका छन्। मूल सडकसँगै रहेको बन्द पसलको सटरअगाडि शंकास्पद वस्तु फेला परेको हो।

प्रहरीका अनुसार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो। महानगरीय प्रहरी वृत्तको टोली त्यहाँ पुगेको छ र नेपाली सेनाको बम डिस्पोजल युनिटलाई पनि खबर गरिएको छ ।

खोटाङ हलेसी ज्वेलर्स नजिकै रहेको कालो टेपले बेरेको वस्तुमा रातो, कालो तार पनि देखिन्छ। बमसँगै एउटा पर्चा पनि छ, जसमा लेखिएको छ
खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरुलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो।

यहाँ बारुदको बम राखिएको छ। सावधान रहनुहोला।

संयोजक
सफल

 

Metro Mart

प्रकाशित: Jul 19, 2023| 10:26 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...