शनिबार, जेठ ३०, २०८३

मनसुनी वायुको प्रभाव: पाँच प्रदेशमा बिहानैदेखि वर्षा

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- आज पनि देशका विभिन्न भू–भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ। आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

National life

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा बिहानदेखि नै हल्का वर्षा भइरहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
 
विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू–भागका आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको विभागले जनाएको छ। 

प्रकाशित: Jul 19, 2023| 06:13 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्