शनिबार, जेठ ३०, २०८३

व्यवसायीलाई दु:ख दिने गुण्डालाई हत्कडी लगाएर बजार घुमाइयो

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ। 

National life

ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काउँदा हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाइएको हो।

प्रहरीले सानुभाइसँगै टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो। सानुभाइसँगै विक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको थियो।

गुरुङले गएको १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए। भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ।

प्रकाशित: Jul 19, 2023| 05:55 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्