NadaNada
बिहीबार, भदौ ५, २०८२

बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

चितवन- बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते भएका छन्। माडी नगरपालिका-३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी छन्।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट घाइते उनीहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ। बाघले ५ः२० बजे आक्रमण गरेको हो।

प्रकाशित: Jul 18, 2023| 20:24 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्