NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • संगीतकार अधिकारीको अभिव्यक्तिप्रति रेडियोका छाता संगठनहरुको आपत्ति

संगीतकार अधिकारीको अभिव्यक्तिप्रति रेडियोका छाता संगठनहरुको आपत्ति

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमार्फत सिंगो सञ्चारमाध्यमलाई मानमर्दन हुने शब्दको प्रयोग भएकोमा आपत्ति जनाउँदै रेडियोहरुको छाता संगठनले नेपाल प्रहरीको साइबर ब्युरो रानीपोखरीमा ध्यानार्कषण पत्र बुझाएको छ।

सुरेश अधिकारी नामबाट सञ्चालित फेसबुक एकाउन्टमार्फत समग्र रेडियोलाई लक्षित गरी मानमर्दन हुने शब्द र गालीगलौजसहित दिएको अभिव्यक्तिप्रति संगठनको आपत्ति रहेको छ। रेडियो ब्रोडकास्टिङ फोरम, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान)  का अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरी निबेदन साईबर ब्यूरो काठमाडौंलाई बुझाएका छन्। ध्यानाकर्षणको विषय सम्बोधन नभएमा संगीतकार अधिकारीका सम्पूर्ण गीतसंगीत बहिष्कार गर्ने चेतावनी पनि रेडियो सम्बद्ध संस्थाहरुले दिएका छन्। 

अधिकारी संगीतकारका साथै रोयल्टी संकलन समाजका अध्यक्ष पनि हुन्। उनले फेसबुकमा लेखेको स्टाटसमा रेडियो सञ्चालकहरुले आपत्ति जनाएका हुन्।

'उक्त अभिव्यक्तिले सिंगो रेडियो क्षेत्रको मानमर्दन भएको महसुस गर्दै विद्यमान कानुन बमोजिम कारबाही गरी पाउँ भनी रेडियोहरुको छाता संगठनका तर्फबाट यो निवेदन पेस गरेका छौं,' पत्रमा भनिएको छ। सामाजिक सञ्जाल मार्फत कोहीकसैले कसैको मानहानी हुने खालका अभिव्यक्ति दिएमा त्यसलाई साइबर कानुनअनुसार कारबाही हुने प्रावधान रहेको छ।

प्रकाशित: Jul 18, 2023| 19:27 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्