NadaNada
बिहीबार, भदौ ५, २०८२

पाकिस्तानमा भत्काइयो डेढ सय वर्ष पुरानो मन्दिर

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ। मन्दिर भत्काइएपछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दू समुदायका मानिसहरू समस्यामा परेका छन्।

कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिर राति ठूलो संख्यामा प्रहरी परिचालन गरी बुलडोजरको सहायताले भत्काइएको थियो। मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काइएको रामनाथ मिश्र महाराजले बताएका छन्।

करिब पाँच सय वर्गमिटर क्षेत्रफलमा बनेको मन्दिर वर्षौँदेखि मन्दिरको जग्गा कब्जा गर्ने प्रयास भइरहेको थियो। स्थानीय प्रहरी चौकीका एक प्रहरी अधिकारीले मन्दिरलाई सरकारले खतरनाक संरचना घोषणा गरेकाले भत्काइएको बताएका छन्। उनले मन्दिर कराँचीको मद्रासी हिन्दू समुदायले सञ्चालन गरेको र संरचना निकै पुरानो र खतरनाक भएकोमा उनीहरू सहमत भएको बताए।

अर्कोतर्फ हिन्दू समुदायका स्थानीय नेताहरुले भने मन्दिरको जग्गा किर्ते कागजपत्रका आधारमा डेभलपरलाई बिक्री गरेको भन्दै केही समयदेखि मन्दिर व्यवस्थापनलाई परिसर खाली गर्न दबाब परेको बताए।

प्रकाशित: Jul 18, 2023| 18:51 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्