NadaNada
बिहीबार, भदौ ५, २०८२

नवलपुरमा नयाँ उद्योग खुल्ने दर घट्यो

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रुपमा घटेको छ।  पर्यटन तथा उद्योग कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८-७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ।

पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८-७९  एक हजार ५० नयाँ उद्योग दर्ता भएका  थिए। तर गत आर्थिक वर्षमा भने जम्मा चार सय ३८ नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताए।

गतवर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योग धेरै रहेका छन्। गत वर्ष आर्थिक वर्षमा नयाँ उद्योग दर्तामा कमी आउनु प्रमुख कारण देशको पछिल्लो आर्थिक अवस्थाको असर भएको कार्यालय प्रमुख खनालले बताए। नयाँ उद्योग दर्ता र सञ्चालनको लागि आर्थिक प्रभावको अवस्था प्रतिकुल हुँदै गएकाले यस्तो अवस्था आएको हुनसक्ने उनले बताए। 

‘पछिल्लो समय आर्थिक अवस्था त्यति अनुकुल छैन्, यसले गर्दा पनि नयाँ उद्योग दर्तामा कमी आएको हुनसक्छ। औद्योगिक उत्पादनले बजार नपाउने समस्याका कारणसमेत नयाँ उद्योग स्थापनामा त्यति उत्साही भएका देखिँदैनन्’, खनालले भने। नयाँ उद्योग दर्तासहित पुराना खारेजी गर्ने क्रमसमेत बढेको उनको भनाइ छ। 

गत आर्थिक वर्षमा ७५ पुराना उद्योग खारेजी भएका थिए। आर्थिक वर्ष २०७८-७९ मा ६४ र आव २०७७-७८ मा ४५ उद्योग खोजी भएका थिए। वाणिज्य व्यवसाय दर्तामासमेत गत आर्थिक वर्षमा धेरै कमी आएको छ। गत आर्थिक वर्षमा जम्मा चार सय ८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन्। 

Metro Mart

आर्थिक वर्ष २०७८-७९ मा एक हजार एक सय ५८ नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७९-८० को असार मसान्तसम्मको तथ्यांक अनुसार नवलपुरमा नयाँ थपिएका उद्योगसहित जम्मा उद्योगको सङ्ख्या ६ हजार सात सय ४७ रहेको छ। वाणिज्य तर्फ भने आठ हजार सात सय ९८ उद्योग रहेका छन्। 

आर्थिक मन्दिकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठ अर्यालले बताए। उद्योग स्थापनासहित बजारीकरणको समस्या, लगानीका लागि उचित वातावरण नहुँदा यस क्षेत्रमा निराशा छाउन थालेको उनको भनाइ छ। पछिल्लो पटक बैंकको चर्को ब्याज दरका कारणसमेत उद्योग लगानी र उद्योग सञ्चालनमा समस्यामा परेकाले जिल्लामासमेत नयाँ उद्योग दर्तामा कमी आएको अर्यालले बताए।

प्रकाशित: Jul 18, 2023| 18:55 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्