NadaNada
बिहीबार, भदौ ५, २०८२

त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

प्रकाशित: Jul 18, 2023| 19:31 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्