NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गत आर्थिक वर्षमा लागूऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ

गत आर्थिक वर्षमा लागूऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ। उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरुबाट १८ हजार २२ किलो गाँजा, पाँच सय २८ किलो चरेस, १४ किलो तीन सय ५० ग्राम हिरोइन, १४ किलो पाँच सय ६७ ग्राम कोकिन र ३४ किलो दुई सय ५८ अफिम बरामद भएको थियो।

उक्त अवधिमा ६२ हजार दुई सय ७९ एम्पुल ब्रुफेन, ६७ हजार चार सय ३४ एम्पुल डियाजेपाम, ३४ हजार आठ सय २९ एम्पुल फेनारगन, एक लाख पाँच हजार चार सय १४ ट्याबलेट नाइट्राभेट १० हजार सात सय ९७ ट्रामाडोल, आठ हजार नौ सय ५१ बोतल कोरेक्स तथा डाइलेक्स एवं पाँच सय एक किलो खात बरामद गरिएको जोशीले जानकारी दिए।

प्रकाशित: Jul 18, 2023| 21:41 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्