शनिबार, जेठ ३०, २०८३

संघीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरूप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ।

National life

एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकाङ्ग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ती सवारी साधन प्राप्त भएको हो। 

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव  सुरजकुमार दुराले जानकारी दिए। 

करिब रु तीन करोड मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र  नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ। यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरूप केही सवारी साधन उपलब्ध गराएको थियो। 

Shivam cement

 विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो।

प्रकाशित: Jul 18, 2023| 16:23 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्