काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गत आर्थिक वर्ष २०७९/८० मा लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा ५ हजार ६०१ जनालाई पक्राउ गरेको छ। उनीहरुविरुद्ध ३ हजार ७१२ वटा मुद्दा दर्ता गरिएको ब्यूरोले विवरण सार्वजनिक गरेको हो।
लागूऔषध सेवनकर्ता र कारोबारीाट १८ हजार २२ किलो गाँजा, ५२८ किलो चरेस, १४ किलो ३५० ग्राम हिरोइन, १४ किलो ५६७ ग्राम कोकिन र ३४ किलो २५८ अफिम बरामद भएको थियो।
सोही अवधिमा ६२ हजार २७९ एम्पुल ब्रुफेन, ६७ हजार ४३४ एम्पुल डियाजेपाम, ३४ हजार ८२९ एम्पुल फेनारगन, १ लाख ५ हजार ४१४ ट्याबलेट नाइट्राभेट, १० हजार ७९७ ट्रामाडोल, ८ हजार ९५१ बोतल कोरेक्स तथा डाइलेक्स एवं ५०१ किलो खात बरामद गरिएको जोशीले ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।