शनिबार, जेठ ३०, २०८३

विमानस्थलबाट १० हजार डलरसहित विदेशी नागरिक पक्राउ

विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले नेवानि जहाजमार्फत काठमाडौंदेखि दुबई जान लागेका लेबनानी नागरिक एल यमन महमदलाई पक्राउ गरेको हो।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०
National life
Shivam cement

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एक  विदेशी नागरिकलाई पक्राउ गरेको छ।

विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीले  नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौंदेखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला चेकजाँच क्षेत्रमा जाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको १ सय दरका १ सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ।

प्रकाशित: Jul 18, 2023| 14:07 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्