शनिबार, जेठ ३०, २०८३

बालुवाटारमा श्रद्धाञ्जली सभा, कोको पुगे?

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्धाञ्जलीका लागि बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

National life

उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत दाहाललाई श्रद्धाञ्जली दिन बालुवाटार पुगेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्षकुमार माधव नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत पनि सभामा सहभागी छन्। राजनीतिक दलका अन्य नेता, मन्त्री, सांसद र सरकारी अधिकारीहरू पनि श्रद्धाञ्जली सभामा उपस्थित छन्।

प्रचण्ड पत्नी सीताको असार २७ गते निधन भएको थियो। सातौं दिन श्रद्धाञ्जली कार्यक्रम राखिएको हो। 

प्रकाशित: Jul 18, 2023| 12:11 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्