शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच बैंककमा भेटघाट

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच बैंककमा भेटघाट

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०
National life
Shivam cement

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट भएको छ। थाइल्यान्डको राजधानी बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीहरुको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच साइडलाइन वार्ता भएको हो।

नेपाली समकक्षीसँगको भेटबारे भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा जानकारी दिएका छन्। ‘नेपालका परराष्ट्र मन्त्रीसँगको छलफल राम्रो भयो। हाम्रो नेतृत्वले तयार पारेका सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्न मिलेर काम गर्न सहमत भयौं,’ जयशंकरले ट्विटरमा लेखेका छन्। यसअघि गत वैशाखमा साउद र जयशंकरबीच बंगलादेशको राजधानीमा ढाका  भेट भएको थियो।

प्रकाशित: Jul 17, 2023| 15:19 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्