NadaNada
बिहीबार, भदौ ५, २०८२

मन्त्री मोदीसँग मेयर बालेनको भेट

 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मेयर बालेन मन्त्री मोदीलाई भेट्न सिंहदरबारस्थित कार्यकक्षमा पुगेका थिए।

मेयर र मन्त्रीबीच काठमाडौं महानगरसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको बताइएको छ।

मेयर शाहले काठमाडौं महानगरका जग्गा प्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए। मन्त्री मोदीसँग मेयर शाहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह पनि गरेका थिए।

जवाफमा मन्त्री मोदीले महानगरलाई संघीय सरकारबाट समन्वय र सहकार्य हुने उल्लेख गर्दै समस्या समाधान गर्ने बताएका थिए। 'काठमाडौं महानगरपालिकाका लागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत् गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी हामी तयार छौं। तपाईंले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौं,' मन्त्री मोदीले भने।

प्रकाशित: Jul 17, 2023| 14:57 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...