NadaNada
बिहीबार, भदौ ५, २०८२

हराउँदै लुतो फाल्ने चलन

असारमा किसानले बारीमा रुज्दैभिज्दै खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छाला रोगबाट मुक्ति पाउन साउने संक्रान्तिका दिन लुतो फाल्ने चलन बसेको धार्मिक विश्वास। 
 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

ढोरपाटन– आज १ साउन अर्थात् साउने संक्रान्ति। बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्छन्। बिहानदेखि साँझसम्म चेलीबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ।

पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको स्थानीय बताउँछन्। बजार क्षेत्रमा प्रचलन हराइसके पनि बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताए। युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बुढापाका चिन्तित बनेका छन्।
आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उनको भनाइ थियो।

पहिलो साउने संक्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छाडिएको पुनले बताए।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फु बजाउने, घन्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकामा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको उनले बताए। 

यसरी लुतो फाल्दा रोगव्याधि नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने मान्यता रहेको पुनको भनाइ थियो। ‘पहिले–पहिले साउने संक्रान्ति भव्य रुपमा मनाउने गरिन्थ्यो, अहिले त्यो चलन निकै कम भएको छ। दिनभरि जंगल र बारीमा डुलेर कुरिलो, लुतेझार, काँडा जम्मा गर्ने, साँझ आँगनमा ठूलो आगो बालेर दनदनी बलिरहेको अगुल्टोलाई घर वरपर घुमाएर मकैबारीमा फलिन्थ्यो, लुतो फाल्दा दुःख कष्ट आई नलाग्ने, बालीनाली र बस्तुभाउलाई राम्रो हुन्छ, अहिले त कसले लुतो फाल्ने?’ उनले भने।

पुनले हालसम्म आफूले लुतो फाल्दै आएको भन्दै सन्तानले यो चलन गर्ने हुन् कि होइनन् भन्ने चिन्ता लागेको बताए। उनले लुतो फाल्ने विधि कसैले सिक्न चासो नदिएकाले यो प्रचलन हराउँदै जाने चिन्ता थप बढेको सुनाए।

Metro Mart

स्थानीय प्रेम बुढा मगरले असारमा किसानले बारीमा रुज्दैभिज्दै खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छाला रोगबाट मुक्ति पाउन साउने संक्रान्तिका दिन लुतो फाल्ने चलन बसेको धार्मिक विश्वास रहेको बताए। आज साँझ लुतो, दादलगायत रोगबाट मुक्ति मिल्छ भनेर बाउबाजेले लुतो फाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएको उनको भनाइ थियो। 

‘हामी सानो हुँदा बाउबाजेले विभिन्न विधि÷पद्धति अपनाएर लुतो फाल्ने गर्नुहुन्थ्यो तर अहिले उहाँहरु हुनुहुन्न। उहाँहरुसँगै विस्तारै लुतो फाल्ने प्रचलन पनि हरायो’, मगरले भने, ‘हामीले पहिला सिकेनौँ। अहिले के–कसरी लुतो फाल्ने केही थाहा छैन।’

गाउँघरमा लुतो फाल्ने प्रचलन कम भए पनि साउनलाई महिलाले विशेष रुपमा मनाउन थालेका छन्। साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहेन्दी लगाउनुका साथै भगवान् शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्ने गर्छन्। व्रत बस्ने, हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन भने बढेसँगै यसले विकृतिसमेत भित्र्याएको बूढापाकाको गुनासो छ।–रासस

प्रकाशित: Jul 17, 2023| 14:39 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...