NadaNada
बिहीबार, भदौ ५, २०८२

बिम्स्टेकका विदेशमन्त्रीको बैठकमा उठे यस्ता विषय

 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ। थाइल्यान्डको राजधानी बैंककमा सोमबार बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको हो।

छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, तथा प्रविधिसहितका क्षेत्रहरूमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए। ‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौं,’ उनले भने, ‘ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए।’

बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका थिए। बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।

बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच साइडलाइन वार्ता हुने कार्यक्रम पनि रहेको छ। जयशंकरसँग उनको दोस्रोपटक साइडलाइन वार्ता हुन लागेको हो।

यसअघि बंगलादेशमा इन्डिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा पहिलो अनौपचारिक भेट भएको थियो। परराष्ट्रमन्त्री साउद मंगलबार थाइ स्माइल एयरवेजको जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ।

Metro Mart

प्रकाशित: Jul 17, 2023| 14:29 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...