NadaNada
बिहीबार, भदौ ५, २०८२

प्रधानमन्त्रीको फोटोमा छेडछाड गर्ने युवक पक्राउ

 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोले आइतबार एक युवकलाई पक्राउ गरेको छ।

बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरिएको हो। उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेला पनि असंवेदनशील पोस्ट गरेका थिए। ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाई इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी  खटाएर रानालाई पक्राउ गरेको हो।

आइतबार साँझ पक्राउ परेका रानालाई आज काठमाडौं ल्याइएको छ। उनलाई साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने भएको छ।

 

प्रकाशित: Jul 17, 2023| 14:11 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...