बुधबार, असार ३, २०८३

प्रधानमन्त्रीको फोटोमा छेडछाड गर्ने युवक पक्राउ

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोले आइतबार एक युवकलाई पक्राउ गरेको छ।

National life

बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरिएको हो। उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेला पनि असंवेदनशील पोस्ट गरेका थिए। ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाई इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी  खटाएर रानालाई पक्राउ गरेको हो।

आइतबार साँझ पक्राउ परेका रानालाई आज काठमाडौं ल्याइएको छ। उनलाई साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने भएको छ।

 

प्रकाशित: Jul 17, 2023| 14:11 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्