मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रास्वपा उपसभापति अर्याललाई 'सफाया गर्दिन्छु' भनेर धम्की दिने कालिकोटे पक्राउ

रास्वपा उपसभापति अर्याललाई 'सफाया गर्दिन्छु' भनेर धम्की दिने कालिकोटे पक्राउ

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई 'सफाया गरिदिने' भन्दै धम्की दिने एक जना पक्राउ परेका छन्।

पूर्व मन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले विजय कालीकोटेलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कालिकोटेले असार २९ गते राति १:२६ बजे म्यासेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्ने खोटाङको मजुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय व्यक्ति हुन्। उनी कपनबाट पक्राउ परेका थिए।

 

प्रकाशित: Jul 17, 2023| 13:15 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्