शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास प्रकरणः सचिव राउतसहित चार जनाको रिट न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा

ललिता निवास प्रकरणः सचिव राउतसहित चार जनाको रिट न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा

ललित निवास प्रकरणमा स्टे अर्डर लिएर छुटेकाहरुलाई पुनः पक्राउ गर्न पाउनुपर्ने प्रहरी मुख्यालयबाट दायर भ्याकेटको पनि सोही इजलासमा सुनुवाइ हुँदै छ।
 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं– ललिता निवास प्रकरणमा संलग्नता पुष्टिपछि पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितको रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ।

National life

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी)को हिरासतमा रहेका राउतसहितका चारै जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चमा सुनुवाइ हुन लागेको हो। 

ललित निवास प्रकरणमा स्टे अर्डर लिएर छुटेकाहरुलाई पुनः पक्राउ गर्न पाउनुपर्ने प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुँदै छ।ललिता निवास प्रकरणमा डामिएर पक्राउ परेकाले सर्वोच्चबाट अग्रिम जमानत लिएपछि प्रहरीले त्यसविरुद्ध भ्याकेट दर्ता गराएको छ।

सञ्चारसचिव राउतसहित भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन्। 

आइतबार रिटमाथि सुनुवाइका लागि पेसी तोकिए पनि तर हेर्न नभ्याइने सूचीमा पारेपछि प्रतिवादीलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिइएको थियो।

Shivam cement

प्रकाशित: Jul 17, 2023| 12:44 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्