शनिबार, जेठ ३०, २०८३

अन्तरजातीय विवाह आरोपमा जेल परेका मनोज राम थुनामुक्त 

मनोज रामले आफ्नै श्रीमती बबिता इसरलाई अपहरण गरेको भन्दै व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि २४ जेठमा थुना पठाउने आदेश गरेको थियो।
 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं– अन्तरजातीय प्रेमविवाह गरेपछि  श्रीमतीलाई अपहरण गरेको आरोप लगाएर पक्राउ गरी कारागार पठाइएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का मनोज राम थुनामुक्त भएका छन्। सर्वोच्च अदालतले मनोज रामलाई रिहाइ गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन्।

National life

उनलाई श्रीमती अपहरण गरेको आरोपमा डेढ महिनादेखि सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको थियो। न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मनोज रामलाई रिहा गर्न आदेश दिएको हो।

अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले गत ८ असारमा मनोज रामलाई रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। थुनामुक्तपछि मनोज रामले जातीय विभेदकै कारण म र मेरो परिवारलाई फसाउने प्रयास गरिएको बताए। 

भाइले अन्तरजातीय विवाह गरेपछि मनोज रामका दाइलाई पनि पक्राउ गरिएको थियो। उनी अझै थुनामा छन् भने बुबा र अर्को भाइ प्रहरी पक्राउबाट बच्न भागेका थिए।
मनोज रामले आफ्नै श्रीमती बबिता इसरलाई अपहरण गरेको भन्दै व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि २४ जेठमा थुना पठाउने आदेश गरेको थियो। अन्तरजातीय प्रेमविवाहबाट छुटाउन बबिताका बुबा ललित इसरले छोरी नाबालिग रहेको र अपहरण भएको भन्दै मनोजविरुद्ध मुद्दा दायर गरेका थिए।

इसरकी छोरीको जन्मदर्ताका आधारमा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मनोजलाई थुना पठाउने आदेश दिएका थिए। तीन वर्ष प्रेम सम्बन्धमा रहेपछि मनोज र बबिताले २०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए।

Shivam cement

प्रकाशित: Jul 17, 2023| 11:45 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्