शनिबार, जेठ ३०, २०८३

बैंकिङ कसुरमा समातिए पूर्वमन्त्री यादव 

गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजारको बैंक अफ काठमाण्डूको चेक बाउन्स भएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो। 
 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं– प्रहरीले लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादवलाई बैंकिङ कसुरमा पक्राउ गरेको छ।

National life

गत १० माघमा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजारको तत्कालीन बैंक अफ काठमाण्डूको चेक बाउन्स भएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो। यादवलाई बैंकिङ कसुरको आरोपमा नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख भरतबहादुर विकले पुष्टि गरेका हुन्।

प्रहरीले मुद्दा दर्ता गरेसँगै जिल्ला अदालत रुपन्देहीले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यादव बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेकामा अहिले रुपन्देही ल्याइँदै छ। 

२०७४ मा लुम्बिनी प्रदेशसभाको बाँके क्षेत्र २ ‘क’ बाट जसपाबाट निर्वाचित यादव लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए। पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएपछि जसपाले उनलाई कारबाही गरेको थियो। त्यसपछि यादव एमाले पसेका थिए।

प्रकाशित: Jul 17, 2023| 11:21 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्