शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उपत्यकाको फोहोर विसर्जनमा अवरोध, महानगर दुर्गन्धित हुने त्रास

उपत्यकाको फोहोर विसर्जनमा अवरोध, महानगर दुर्गन्धित हुने त्रास

 नुवाकोटको ककनी पालिका, धादिङको धुनबेसी–१ का जनप्रतिनिधि र स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर लिएर बञ्चरेडाँडामा विसर्जन गर्न गएका गाडी रोकेका हुन्।
 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं– नुवाकोटको ककनीस्थित स्थानीयले उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन स्थल बञ्चरेडाँडामा लैजान अवरोध गरेपछि उपत्यकामा पुनः फोहोर थुप्रिने संकेत देखिएको छ। आज बिहानैदेखि नुवाकोटको ककनी पालिका, धादिङको धुनबेसी–१ का जनप्रतिनिधि र स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर लिएर बञ्चरेडाँडामा विसर्जन गर्न गएका गाडी रोकेका हुन्।

National life

संघीय र काठमाडौं महानगरसँग आफूहरूले राखेका माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिनुपरेको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए। स्थानीयको अवरोधपछि उपत्यकाको फोहोर बोकेर ल्यान्डफिल साइट सिसडोल, बञ्चरेडाँडा जाँदै गरेका ५० ट्रक बाटैमा रोकिएका छन्।

फोहोरले स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारसँग यसबारे बारम्बार सहमति भए पनि कार्यान्वयन नभएपछि पुनः आन्दोलनमा उत्रन बाध्य भएको वडाध्यक्ष बजगाईंको भनाइ छ।

काठमाडौंको फोहोरका कारण जनस्वास्थ्यमा असर देखिएपछि केही महिनाअघि पनि धुनीबेंसी र ककनीका स्थानीयले लामो समय फोहोर विसर्जनमा अवरोध गरेका थिए।

त्यसपछि काठमाडौं महानगरसँग चार बुँदे सहमति भएसँगै फोहोर उठ्न थालेको थियो। तर पछिल्लो समय चारबुँदे सहमति महानगर र संघीय सरकारले पालना नगरेको दाबीसहित स्थानीयले फोहोर विर्सजनमा अवरोध गरेका हुन्।

Shivam cement

प्रकाशित: Jul 17, 2023| 10:47 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्