NadaNada
बिहीबार, भदौ ५, २०८२

उपत्यकाको फोहोर विसर्जनमा अवरोध, महानगर दुर्गन्धित हुने त्रास

 नुवाकोटको ककनी पालिका, धादिङको धुनबेसी–१ का जनप्रतिनिधि र स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर लिएर बञ्चरेडाँडामा विसर्जन गर्न गएका गाडी रोकेका हुन्।
 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

काठमाडौं– नुवाकोटको ककनीस्थित स्थानीयले उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन स्थल बञ्चरेडाँडामा लैजान अवरोध गरेपछि उपत्यकामा पुनः फोहोर थुप्रिने संकेत देखिएको छ। आज बिहानैदेखि नुवाकोटको ककनी पालिका, धादिङको धुनबेसी–१ का जनप्रतिनिधि र स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर लिएर बञ्चरेडाँडामा विसर्जन गर्न गएका गाडी रोकेका हुन्।

संघीय र काठमाडौं महानगरसँग आफूहरूले राखेका माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिनुपरेको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए। स्थानीयको अवरोधपछि उपत्यकाको फोहोर बोकेर ल्यान्डफिल साइट सिसडोल, बञ्चरेडाँडा जाँदै गरेका ५० ट्रक बाटैमा रोकिएका छन्।

फोहोरले स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारसँग यसबारे बारम्बार सहमति भए पनि कार्यान्वयन नभएपछि पुनः आन्दोलनमा उत्रन बाध्य भएको वडाध्यक्ष बजगाईंको भनाइ छ।

काठमाडौंको फोहोरका कारण जनस्वास्थ्यमा असर देखिएपछि केही महिनाअघि पनि धुनीबेंसी र ककनीका स्थानीयले लामो समय फोहोर विसर्जनमा अवरोध गरेका थिए।

त्यसपछि काठमाडौं महानगरसँग चार बुँदे सहमति भएसँगै फोहोर उठ्न थालेको थियो। तर पछिल्लो समय चारबुँदे सहमति महानगर र संघीय सरकारले पालना नगरेको दाबीसहित स्थानीयले फोहोर विर्सजनमा अवरोध गरेका हुन्।

Metro Mart

प्रकाशित: Jul 17, 2023| 10:47 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...