शनिबार, जेठ ३०, २०८३

आजदेखि हवाई भाडामा कर लाग्ने

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ। नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो।

National life

सरकारले आर्थिक विधेयक (बजेट) मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो। हवाई सेवालाई भ्याटमा लैजाने सरकारको निर्णय विरुद्ध विभिन्न टिकाटिप्पणी भएपनि अन्ततः हवाई सेवा सञ्चालकहरु मूल्य अभिवृद्धि कर (भ्याट) मा जान बाध्य भएका हुन्। 

नयाँ आर्थिक वर्ष शुरु भएसँगै सोमबारदेखि नै भ्याट कार्यान्वयनमा जाने र सो भ्याट भाडामा समायोजन गरिने संघले जनाएको छ।

प्रकाशित: Jul 17, 2023| 09:22 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्