शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास जग्गा प्रकरण : सचिव राउतसहितलाई आज अदालतमा उपस्थित गराइँदै

ललिता निवास जग्गा प्रकरण : सचिव राउतसहितलाई आज अदालतमा उपस्थित गराइँदै

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइँदै छ।

National life

सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई आज अदालतमा उपस्थित गराइन लागिएको हो।

हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरूको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइए अनुसार आज उनीहरूलाई अदालतमा उपस्थित गराउन लागिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले आजको पेशी दिएर इजलासमा पेश गर्न आदेश दिएको हो।

प्रकाशित: Jul 17, 2023| 08:45 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्