NadaNada
बिहीबार, भदौ ५, २०८२

आज देशका अधिकांश भागमा पानी पर्ने 

 |  सोमबार, साउन १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

vianetvianet

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका बाहेकका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै, राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ।

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी  र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेकाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।

Metro Mart

हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Jul 17, 2023| 08:16 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...