मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

मिक्लाजुङ- मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आज साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेका छन्।

घाइते हुनेहरूमा चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली रहेका छन्।

उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए। फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Jul 16, 2023| 21:43 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्