NadaNada
बिहीबार, भदौ ५, २०८२

कामपाले बजार अनुगमनलाई नियमित गर्दै 

 |  आइतबार, असार ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

vianetvianet

काठमाडौं- काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ। आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्यांकनको पद्धतिमा वार्षिक कार्ययोजना तयार तरी अनुगमन कार्यलाई नियमित गर्ने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।  

सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग सम्बन्धित कामको प्रभावकारी कार्यान्वयन र नतिजा मापनका लागि अनुगमन कार्यलाई नियमित गर्नेमा उपप्रमुख डङ्गोलले जोड दिइन्। उनले भनिन्, ‘त्यसका लागि मातहतका सम्बन्धित सबै विभागीय प्रमुखलाई जिम्मेवार बनाई सोहीअनुसार काम अघि बढाइन्छ।  

कामपाले अनुगमन मूल्यांकन प्रणालीमार्फत नीति, योजना, कार्यक्रम र आयोजनाको निगरानीका लागि क्षमता बढाउनुपर्ने पनि उनले बताइन्। अनुगमन गर्न जाने अधिकारीसँग विषयसम्बन्धी कानूनी तथा प्रशासनिक ज्ञान र कार्य सञ्चालन-सम्पादनको प्रक्रियाका विषयमा थाहा हुनुपर्छ। त्यसबारे नतिजा थाहा हुनुपर्छ। यति भए मात्र प्रभावकारी अनुगमन हुन सक्छ। 

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ। कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ। 

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्छ। सुपरीवेक्षण समितिका कामको समन्वय एकाइले गर्छ। यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न पाँच वटा अनुगमन टोली गठन गरिएका छन्।

Metro Mart

कामपाले आगामी आवका लागि व्यक्तिगत तथा संस्थागत भान्छाका लागि स्वस्थकर बनाइ आरोग्यता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि रु तीन करोड ५० लाख रकम विनियोजन गरेको छ। केही दिनअघि पनि कामपाले गरेको अनुगमनका क्रममा अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको थियो।

कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा कीरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु एक लाख ५० हजार जरिवाना गरिएको थियो। 

प्रकाशित: Jul 16, 2023| 19:07 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...