शनिबार, जेठ ३०, २०८३

अमेरिकी प्रविधिबाट उत्पादित 'ट्रु-मी' नेपालमा लन्च हुँदै

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०
National life
Shivam cement

काठमाडौं- अमेरिकी प्रविधिबाट उत्पादित ट्रु-मीका हेयर-केयरका उत्पादन नेपाल आधिकारिक रुपमा विक्रिवितरण प्रारम्भ हुँदैछन्। साउन एक गते काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै ती उत्पादनहरुको औपचारिक विक्रिवितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनी ट्रु डेर्मा एसए प्रा.लिले जनाएको छ।

‘ट्रु–मीका उत्पादनहरुलाई हामीले वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप विक्रिवितरण गरेका थियौं, यो परीक्षणले हामीलाई बजार विस्तारका लागि थप उत्साहि बनाएको छ’, ट्रु डेर्मा एसएका अध्यक्ष सुशान्त मुररकाले बताए, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयरका सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं।’ 

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका  ट्रु–मीका हेयर–केयरका उत्पादन उपलव्ध हुनेछन्। केराटिन, स्याम्पु, ट्रिटमेन्ट, हेयर सिरम, वाक्स लगायत कस्मेटिक उत्पादनहरु समेटिएको ट्रु-मीका हेयर–केयरका सामग्री त्यत्तिकै गुणस्तरीय पनि रहेको कम्पनीको भनाइ छ।

प्रकाशित: Jul 16, 2023| 19:01 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्