शनिबार, जेठ ३०, २०८३

सचिव राउतसहितलाई इजलासमा पेश गर्न सर्वोच्चको आदेश

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितलाई सोमबार पुनः अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

National life

आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेश गर्न आदेश दिइएको हो। आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्ने आदेश भएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो।

सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टिकाराम घिमिरे लगायतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट दर्ता गराएका थिए।

 

प्रकाशित: Jul 16, 2023| 18:00 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्