शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बिम्स्टेक रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

बिम्स्टेक रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन्।

National life

मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ। उनी सोमबार बिम्स्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्कनेछन्।

परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बिम्स्टेक क्षेत्रका आफ्ना समकक्षीसँग साझा हितका विषयमा समेत कुराकानी गर्ने बताइएको छ। बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो। प्रारम्भिक रूपमा यो संगठन ‘बिम्स्टेक’ (बंगलादेश–भारत–श्रीलंका–थाइल्याण्ड आर्थिक सहयोग) का रूपमा थियो।

सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई बिम्स्टेकका रूपमा चिनिन्छ।

प्रकाशित: Jul 16, 2023| 17:41 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्