शनिबार, जेठ ३०, २०८३

पोखरी र खोलामा डुबेर चार जनाको मृत्यु

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

चितवन, भरतपुर महानगरपालिका-१७ लप्टनडाँडा बस्ने भैरव सुनारको छोरा ६ वर्षीय प्रिन्स सुनारको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा चिप्लिएर आफ्नै पोखरीमा खस्दा डुबी गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

National life

दोलखा, बैतेश्वर गाउँपालिका-३ पाईले घर भई सोही गाउँपालिका-६ बुस्तीस्थित तामाकोशी कृषक समूहमा काम गर्ने ४६ वर्षीय गोपाल खड्का सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो। डुबेर गम्भीर घाइते भएका उनको लालिगुराँस कम्युनिटी अस्पताल दोलखामा उपचारको क्रममा मृत्यु भएको हो।

सिन्धुली, दुधौली नगरपालिका-२ भलुवाही बस्ने सुक देव कुमरको छोरा ८ वर्षीय आयुष कुमरको आफ्नै घरबाट करिब १ किलोमिटर टाढा कमला खोलामा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। डुबेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको हो।

मकवानपुर, बागमती गाउँपालिका-१ बागमती खोलामा डुबेर सोही गाउँपालिका-१ ठुलोगुर्दुङ बस्ने ४५ वर्षीय लघुदोर्जे दोङको आइतबार बिहान मृत्यु भएको छ। उक्त खोला तर्ने क्रममा खोलाले बगाएर डुब्दा उनको मृत्यु भएको हो।

मृत फेला
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी २५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन्।

Shivam cement

करेन्ट लागेर मृत्यु
कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ। आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 16, 2023| 17:08 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्