NadaNada
बिहीबार, भदौ ५, २०८२

पोखरी र खोलामा डुबेर चार जनाको मृत्यु

 |  आइतबार, असार ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

vianetvianet

चितवन, भरतपुर महानगरपालिका-१७ लप्टनडाँडा बस्ने भैरव सुनारको छोरा ६ वर्षीय प्रिन्स सुनारको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा चिप्लिएर आफ्नै पोखरीमा खस्दा डुबी गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दोलखा, बैतेश्वर गाउँपालिका-३ पाईले घर भई सोही गाउँपालिका-६ बुस्तीस्थित तामाकोशी कृषक समूहमा काम गर्ने ४६ वर्षीय गोपाल खड्का सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो। डुबेर गम्भीर घाइते भएका उनको लालिगुराँस कम्युनिटी अस्पताल दोलखामा उपचारको क्रममा मृत्यु भएको हो।

सिन्धुली, दुधौली नगरपालिका-२ भलुवाही बस्ने सुक देव कुमरको छोरा ८ वर्षीय आयुष कुमरको आफ्नै घरबाट करिब १ किलोमिटर टाढा कमला खोलामा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ। डुबेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको हो।

मकवानपुर, बागमती गाउँपालिका-१ बागमती खोलामा डुबेर सोही गाउँपालिका-१ ठुलोगुर्दुङ बस्ने ४५ वर्षीय लघुदोर्जे दोङको आइतबार बिहान मृत्यु भएको छ। उक्त खोला तर्ने क्रममा खोलाले बगाएर डुब्दा उनको मृत्यु भएको हो।

मृत फेला
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी २५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन्।

Metro Mart

करेन्ट लागेर मृत्यु
कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ। आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 16, 2023| 17:08 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...