बुधबार, साउन २०, २०८३

गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ। गौरीशंकर- ६ चंखुका तामाङको ५३ वर्षको उमेरमा आज निधन भएको हो।

उनको निधन हृदयघातका कारण भएको बताइएको छ। दुई दिनअघि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि सुरुमा उनलाई भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल अस्पताल लगिएको थियो। उनको हृदयघातका कारण गंगालामै निधन भएको हो।

गत स्थानीय निर्वाचनमा तामाङ नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: Jul 16, 2023| 16:21 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्