बुधबार, साउन २०, २०८३

ललिता निवास प्रकरणका आरोपित थप पाँच दिन थुनामा रहने

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।

न्यायाधीश दयाराम ढकालको इजलासले मीनबहादुर गुरुङसहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो।

आफूहरुलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै गुरुङलगायत केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आज नै सुनुवाइ भइरहेको छ।

प्रकाशित: Jul 16, 2023| 15:27 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्