काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी विधयेकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन्।
संविधानको धारा ११३ को उपधारा १ बमोजिम संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको सोही धाराको उपधारा २ बमोजिम राष्ट्रपतिले ती विधेयकहरू प्रमाणीकरण गरेका हुन्।