बुधबार, साउन २०, २०८३

जयनगर-जनकपुर रेल महोत्तरीको भंगाहासम्म चल्ने

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्नेछन्।  

जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने छ। दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ।

सत्र किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो। सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ।

सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने महाप्रबन्धक झाले बताए। यद्यपि भङ्गाहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ।
 

प्रकाशित: Jul 16, 2023| 11:06 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्