काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी बजेटमाथि टिप्पणी गर्दै यसलाई गहतको दालको संज्ञा दिएका छन्। एउटा गरिब परिवारकी आमाले आफ्नो सन्तानलाई रहरको दाल भनेर गहतको दाल खुवाएको कथा भन्दै उक्त टिप्पणी गरेका हुन्।
‘अर्थमन्त्रीज्यूले गहतको दाललाई रहरको दाल भनिरहनु भएको छ। सत्ता पक्षकाहरु टेबुल ठटाइरहनु भएको छ’, सांसद पन्तले भने। उनले प्रतिपक्षी तथा विपक्षी दलहरुले बजेट बिरोध गरिरहेको भए पनि सत्ता पक्षहरुले गहतको दाललाई गहतको दाल भनिरहेका अर्थमन्त्रीको पक्षमा टेबुल ठटाइरहेको बताए।
‘यो बजेटले निराशा ल्यायो, तोरीको तेल, आलु र प्याजको भाउ बढ्यो। बुढी सुत्केरी भई भने तोरीको तेल किन्न नसकिने अवस्था आयो’, उनले भने। सांसद पन्तले सर्वसाधारण चुलोमा दिनहुँ पाक्ने खाद्य वस्तुहरुमा कर बढाइएकोमा रोष व्यक्र गरे। उनले बजेटमा समाजवाद भन्ने शब्द नभएको समेत उल्लेख गरे।