शनिबार, साउन ३०, २०८३

अदानचुलीको भिरबाट लडेर एक जनाको ज्यान गयो

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ।

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्यु भएको श्रीनगर प्रहरी चौकीले जनाएको छ।

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए। सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको एक स्थानीयले जानकारी दिए। 

प्रकाशित: Jun 08, 2023| 14:58 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्