NadaNada
आइतबार, भदौ ८, २०८२

सवारी दुर्घटनामा आठको मृत्यु, तीनजना मृत फेला

 |  बिहीबार, जेठ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

vianetvianet

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। यसैगरी फरक फरक स्थानमा तीनजना मृत फेला परेका छन्।

प्रहरीका अनुसार कैलाली, भजनी नगरपालिका-३ ठेकीपुलस्थित सडकमा बा.५६ प ४६२१ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सोही नगरपालिका-८ बस्ने ५० वर्षीया जानकी देवी डगौराको बुधबार दिउँसो मृत्यु भएको छ। मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुर, महालक्ष्मी नगरपालिका-४ सेतीपाखास्थित सडकमा बा.५ ख १८२५ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री मकवानपुर घर भई ललितपुर बस्ने १८ वर्षीया शान्ति स्याङतानको बुधबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिया, राजापुर नगरपालिका-१० रामजाने चोकमा सुदूर पश्चिम प्र.०१-०१० प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक गेरुवा गाउँपालिका-४ दाङपुर बस्ने २७ वर्षीय शम्शेर चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो।

स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका-३ खोलेस्थित सडकमा जिल्ला समन्वय समिति स्याङ्जाको बा.१ झ ५८७८ नम्बरको स्कारपियो बुधबार दिउँसो दुर्घटना हुँदा चालक वालिङ नगरपालिका-४ यलादी बस्ने ३५ वर्षीय अमृत खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य १ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरातर्फ पठाएको छ।

Metro Mart

उदयपुर, बेलका नगरपालिका-१ आम्बासीमा ना.८ ख ५२३९ नम्बरको ट्रकमा स.३ प ३०३३ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी राजबिरज नगरपालिका-१० मैतगडा बस्ने २० वर्षीय अजय चौधरीको घटनास्थलमै मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, कटहरी गाउँपालिका-४ नयाँ बजारस्थित चोकमा को.२ त २५२ नम्बरको ट्याक्टरले को.१९ प ५८२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रंगेली नगरपालिका-६ बस्ने ४० वर्षीय सुनिल ठाकुरको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहा, धनगढीमाई नगरपालिका-३ कुरुवामा प्र.२-०१-००१-त ०८५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका- २ भवानीपुर बस्ने ३५ वर्षीया चन्द्रकला सदायको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी उनको आरके मेडिसिटी मुस्हरनिया धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको जय माँ जानकी पोलिक्लिनिक धनगढीमा उपचार भइरहेको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ चारधारेमा ना.१६ प २६२१ नम्बरको मोटरसाइकल र बाग्मती प्र.०२०१६ प २१३९ नम्बरको स्कुटर एक-आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक निलकण्ठ नगरपालिका-५ खाल्डे बस्ने ३५ वर्षीय गोबिन्द ढुङगानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला
झापा, बिर्तामोड नगरपालिका-२ हेमनपार्क नजिकै बस्ने ५० वर्षीय चुण्डो मल्लिक सतार सोही ठाउँस्थित लिचीको बगानमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

रामेछाप, उमाकुण्ड गाउँपालिका-१ ताङदिङ बस्ने ३८ वर्षीय तेन्जीङ शेर्पा सोही ठाउँस्थित लिखुखोलाको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

पाँचथर, फालेलुङ गाउँपालिका-२ जोरपाटी बस्ने ५० वर्षीय रविलाल केरुङ सोही ठाउँस्थित छिमेकीको मकै बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

 

प्रकाशित: Jun 08, 2023| 13:01 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्