शनिबार, साउन ३०, २०८३

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। 
 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं– मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएको छ। करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हो।

उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। उपकुलपति साहलाई काठमाडौंमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो।

उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञसमेत थिए। डा. साहलाई मधेस प्रदेश सरकारलले १८ माघ २०७७ मा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो। 

प्रकाशित: Jun 08, 2023| 11:45 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्