सोमबार, भदौ ९, २०८२

तीनजना मृत फेला, दुईको डुबेर मृत्यु

 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet

कैलाली, गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्।

बिहीबार राति कविता बुढा, उनकै छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय डिल्ली भन्ने दिलिप सिह बुढा हराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा केदारेश्वर सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा कबिता बुढाको शव फेला पारेको हो। दिलिप सिह बुढा र बालक डन्डी राज बुढाको प्रहरीले खोजी गरिरहेको छ।

पर्सा, ठोरी गाउँपालिका-२ ठोरीस्थित टाउन प्लान होटल संचालन गरी बस्ने भारत बेतिया नरकटियागंज घर भएका २६ वर्षीया आस्मा क्षेत्री आफ्नै होटलमा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

म्याग्दी, रघुगंगा गाउँपालिका-६ नाङगे जंगलस्थित खोल्सामा सोही गाउँपालिका-६ कालावाङ बस्ने २४ वर्षीया हरिमाया शेर्पुन्जा सोमबार मृत अवस्थामा फेला परेकी छन्। घाँस काट्ने क्रममा अचानक माथिबाट बाढी आई हरिमायालाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।

डुबेर मृत्यु
कपिलवस्तु, बुद्धभूमि नगरपालिका-८ बनकट्टी हरिहरपुर बस्ने देवदास भरकी छोरी १२ वर्षीया कल्पना भरको सोही नगरपालिका-४ गेलवारस्थित गुडरुङ खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित मामाघर आएकी उनी पौडी खेल्ने क्रममा डुबेर अशक्त भएको र जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।

Metro Mart

सिरहा, लाहान नगरपालिका-११ पडरिया बस्ने अनिल कुमार चौधरीको १८ वर्षीय छोरा निखिल चौधरीको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ।

 

प्रकाशित: Jun 06, 2023| 11:27 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्