सोमबार, भदौ ९, २०८२

मौसम पूर्वानुमान: पहाडमा क्षणिक वर्षा, तराईमा लु

 |  मंगलबार, जेठ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

vianetvianet
Metro Mart

हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

विशेषगरी मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण तातो हावा (लु) चलिरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 06, 2023| 06:21 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्