शनिबार, साउन ३०, २०८३

मौसम पूर्वानुमान: पहाडमा क्षणिक वर्षा, तराईमा लु

 |  मंगलबार, जेठ २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २३, २०८०

हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

विशेषगरी मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण तातो हावा (लु) चलिरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 06, 2023| 06:21 मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्